नेपाल प्रहरीले मंगलबार पनि निःशुल्क बस सेवा सञ्चालन गरेको छ।
यातायात व्यवसायीहरूको आन्दोलनका कारण सार्वजनिक यातायात नचलेपछि प्रहरीले सोमबार पनि निःशुल्क बस सेवा सञ्चालन गरेको थियो।
नेपाल प्रहरीले दुईवटा रूट बनाएर यातायात सञ्चालन गरेको छ। पहिलो रूटअनुसार नक्साल, बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, जयनेपाल हल र पुन: नक्साल घुम्नेछ ।
त्यस्तै, अर्को रूटमा नक्साल, रातो पुल, चाबहिल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायकबाट फर्केर आउने र चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै नक्साल पुग्नेछ।
सरकार र यातायात व्यवसायीबीच सोमबार मध्यरातमा ६ बुँदे सहमति भएको थियो। सरकार र यातायात व्यवसायी छलफलमा गण्डकी प्रदेश सरकारले ल्याएको राइड शेयरिङसम्बन्धी निर्देशिका स्थगन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत अनुरोध गर्ने सहमति भएको छ।
तर, गण्डकी प्रदेश सरकारले यसमा सहमति जनाएपछि यातायात व्यवसायीहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिने बताएका छन्।
प्रतिक्रिया