प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ।
आजै दिउँसो प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले छलफल गर्न चाहे पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पर्कमा आउन नचाहेको बताएका थिए।
प्रतिनिधि सभा अवरोध भएको विषयमा प्रधानमन्त्री ओलीको आह्वानमा सोमबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालयमा प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल सुरू भएको हो।
भिजिट भिसा प्रकरणमा माओवादीसहित प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरोध गर्दै आएपछि यसै विषयमा छलफल गर्न शीर्ष नेताहरू बैठक बसेका हुन्।
प्रतिक्रिया