स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुर्तीजन्य पदार्थको सेवन न्यूनीकरणको क्षेत्रमा काम गरेका ७ जनालाई ‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’बाट सम्मान गरेको छ। विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा मन्त्रालयले शनिवार विशेष समारोह आयोजना गरी सम्मान गरेको हो।
पुरस्कारबाट सम्मानित हुनेमा भाइटल स्ट्राटेजी दक्षिण पूर्वी एसियाका निर्देशक डा तारासिंह बम, अनुसन्धानकर्ता लक्ष्मीनारायण देव, क्यान्सर काउन्सिल नेपालका रूद्र कडरिया, मेडिकल पत्रका प्रधान सम्पादक बुद्धि कटेल, हेल्थ टिभी अनलाइनकी सम्पादक कल्पना आचार्य, नेपाली हेल्थ डटकमका सम्पादक रामप्रसाद न्यौपाने, अनलाइनखबर डटकमका पत्रकार पुष्पराज चौलागाईँ छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र मन्त्रालयका सचिव डा विकास देवकोटाले उनीहरूलाई सम्मान प्रदान गरेका हुन्।
सम्मानितहरुलाई कदर पत्र तथा जनही ५० हजार रुपैयाँबाट सम्मान गरिएको छ।
प्रतिक्रिया