सरकारसँग सहमति भइसकेको अवस्थामा सार्वजनिक यातायात बन्द गर्नु उचित नभएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बताएका छन्।
सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा उनले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली स्थगन गर्न अनुरोध गर्ने र नियमावली स्थगन भएपछि संघीय कानुनमार्फत व्यवस्थित गर्ने सहमति भएपनि सहमति कार्यान्वयन नगरेर यातायात बन्द गर्नु उचित नभएको बताएका हुन्।
दाहालले यातायात बन्द गर्ने यातायात व्यवसायीको कदम गलत रहेको स्पष्ट पारे । राइड सेयरिङले जनतालाई सेवा दिइरहेकाले नियमनको दायरामा ल्याउन खोजिएको उनको भनाइ छ।
प्रतिक्रिया