+
Search

ताजा अपडेट +

पपुलर +

आइसीसी क्रिकेट विश्वकप लिग २ : नेदरल्यान्ड्सविरुद्द नेपालको जित

अभिलेख
२०८२ जेष्ठ २२, बिहीबार ०५:०५ बजे

आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ ।

स्कटल्याण्डको फोर्टहिलमा बुधबार भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको हो । जारी सिरिजमा नेपालको यो लगातार दोस्रो जित हो ।

२२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि आरिफको अर्धशतकीय पारी खेले ।

आरिफले ९९ बलमा ७८ रन बनाए । सो क्रममा उनले ७ चौका र २ छक्का प्रहार गरे । त्यसअघि आरिफले ८१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे । दीपेन्द्र सिंह ऐरी ३८ र गुल्शन झा ११ रनमा अविजित रहे ।

कुशल भूर्तेलले २५, कप्तान रोहित कुमार पौडेलले २३, आसिफ शेखले १९ र भीम सार्कीले ११ रन बनाए । नेदरल्यान्ड्सका लागि माइकल लेभिटले २ विकेट लिए ।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९।१ ओभरमा सबै विकेट गुमाएर २२५ रन मात्र बनाउन सक्यो ।

नेदरल्यान्ड्सका नोह क्राएटले सर्वाधिक ४८ तथा कप्तान स्कट एडवर्डले ४६ रन बनाए । नेदरल्यान्ड्सका ब्याटरमाथि नेपाली बलर सुरुवातदेखि नै हाबी हुँदै भएका थिए ।

सोमपाल कामीले अन्तिम विकेट लिँदै विकेट संख्या तीन पुर्याए । यस्तै सन्दीप लामिछाने, ललित राजवंशी र करण केसीले दुई–दुई विकेट लिए ।

अब नेपाल र स्कटल्याण्ड आइतबार आमने सामने हुनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख