आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश र स्थानीय तहलाई कूल ४ खर्ब १७ अर्ब रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ। यो रकम वित्तीय हस्तान्तरण शीर्षकअन्तर्गत समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक (पुँजीगत) अनुदानका रूपमा पठाइनेछ।
सरकारी विवरणअनुसार, प्रदेश सरकारहरूलाई ९७ अर्ब ५६ करोड रुपैयाँ र स्थानीय तहहरूलाई ३ खर्ब २० अर्ब २६ करोड रुपैयाँ बजेट उपलब्ध गराइनेछ।
स्थानीय तहमध्ये महानगरपालिकामा ११ अर्ब ७५ करोड, उपमहानगरमा ११ अर्ब ३८ करोड, नगरपालिकामा १ खर्ब ४३ अर्ब १० करोड रुपैयाँ विनियोजन भएको छ । गाउँपालिकामा १ खर्ब ५४ अर्ब २ करोड रुपैयाँ जाने गरी विनियोजन गरीएको छ।
प्रतिक्रिया