+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको अध्यक्षमा डा. सन्तोष पौडेल

अभिलेख
२०८२ जेष्ठ २०, मंगलवार १५:२७ बजे

नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौ महाधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षमा डा. सन्तोष पौडेललाई चयन गरेको छ।

सोमबार अध्यक्ष मण्डलले डा. पौडेलको नेतृत्वमा सर्वसम्मत रुपमा ९९ सदस्सीय केन्द्रीय कमिटी घोषणा गरेको हो। जसमा उपाध्यक्षमा अमृता बराल र रामहरि ढकाल सर्वसम्मत गरिएको छ।

महासचिवमा भीमराज सिंह सर्वसम्मत भएका छन् भने उपमहासचिवमा खगराज पोखरेल निर्विरोध बनेका छन्। सचिवमा चन्द्र सुनार, रुपा केसी, हरेन्द्र यादव र अनुप केसी चयन भएका छन्। अन्य सदस्यहरुसमेत सर्वसम्मत रुपमा चयन गरिएको थियो। तर, केही प्रतिनिधीहरुले यसमा असन्तुष्टि जनाएपछि निर्वाचन समितिले निर्वाचनको प्रक्रिया स्थगन भएको सूचना जारी गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख