+
Search

ताजा अपडेट +

पपुलर +

कृषि मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड रकम विनियोजन

अभिलेख
२०८२ जेष्ठ १५, बिहीबार १०:०७ बजे

आगामी आर्थिक वर्षका लागि सरकारले कृषि मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड रकम विनियोजन गरेको छ।

सरकारले यो बजेटमार्फत उच्चमू मूल्यको कृषि बाली पवर्द्धनका लागि ८३ करोड विनियोजन गरेको छ। यस्तै तरकारीको विषादी परीक्षण गर्न जनशक्ति थपिने छ भने त्यसका लागि बजट विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन्

संसद्‌को संयुक्त बैठकमा अहिले अर्थमन्त्री पौडेलले बजेट प्रस्तुत गरिरहेका छन्। सरकारले बाँदर, बँदेललगायतका जंगली जवानको जोखिम रहेका क्षेत्रमा अदुवा, बेसार खेती प्रोत्साहन गर्ने नीति लिएको छ। यस्तै पुशमा लाग्ने रोग उपचारका लागि खोप उत्पादन गर्न ८५ करोड विनियोजन गरिएको छ । बाली तथा पशुबीमा प्रिमियममा २ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख