प्रतिनिधि सभामा आर्थिक सर्वेक्षण पेस भएको छ।
बिहीबार साढे १: ३० बजे बोलाइएको तर केही बेर ढिला गरी सुरू भएको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण पेस गरेका हुन्।
बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी सांसद उठेर विरोध जनाएका थिए।
त्यसपछि सभामुखले दिएको समयमा माओवादी केन्द्रसहका प्रमुख सचेतक हितराज पाण्डेले आर्थिक सर्वेक्षण र बजेट प्रस्तुत गर्न दिइने बताएपछि पौडेलले आर्थिक सर्वेक्षण पेस गरेका हुन्।
केही समयपछि नै अर्थमन्त्री पौडेलले आगामी आवको बजेट पेस गर्नेछन्।
आर्थिक सर्वेक्षणमा नेपालीको प्रतिव्यक्ति राष्ट्रिय आय १५१७ अमेरिकी डलर पुगेको उल्लेख छ।
चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार (जीडीपी) ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान गरिएको छ।
पौडेलले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत हुने अनुमान सार्वजनिक गरेका छन्।
यस्तो छ आर्थिक सर्वेक्षण २०८१/८२
मुलुकको समग्र आर्थिक, सामाजिक एवम् भौतिक विकास स्थिति समेटिएको आर्थिक सर्वेक्षण, २०८१/८२ यस सम्मानित प्रतिनिधि सभा समन पेस गरेको छु। यस आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको प्रथम आठ महिना र गत आर्थिक वर्षको मुलुकको समग्र विकासको अवस्था प्रस्तुत गरेको छु।
चालु आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धि ४.६१ प्रतिशत रहने अनुमान छ। प्रदेशगत रूपमा मधेस प्रदेश, कोसी प्रदेश र सुदूरपश्चिम प्रदेश वाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसत ४.६१ प्रतिशत भन्दा माथि रहेको छ। चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार रु.६१ खर्व ७ अर्ब पुग्ने अनुमान छ। यस अवधिमा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५.१६ प्रतिशत, उद्योग क्षेत्रको योगदान १२.८३ प्रतिशत र सेवा क्षेत्रको योगदान ६२.०१ प्रतिशत रहने अनुमान छ। पति व्यक्ति कुल राष्ट्रिय आय बढेर १.५१७ अमेरिकी डलर पुगेको छ। औसत उपभोक्ता मुद्रास्फीति ४.७२ प्रतिशत रहेको छ।
चालु आर्थिक वर्षको फागुनसम्म सङ्गीय खर्च ४.७ प्रतिशत र सङ्घीय राजस्व १२.६ प्रतिशतले बढेको छ। वैदेशिक सहायता प्रतिबद्धता उल्लेख्यरूपमा बढेको छ। यस अवधिमा सङ्घीय सरकारको वित्त घाटा रु.१६ अर्ब १९ करोड रहेको छ। गत आर्थिक वर्षको यसै अवधिमा यस्तो घाटा रु.७० अर्ब ३६ करोड रहेको थियो। २०८१ फागुनसम्म सङ्घीय सरकारको तिर्न बाँकी सार्वजनिक ऋण रू.२६ खर्ब ७६ अर्ब ४ करोड पुगेको छ. जुन कुल गार्हस्थ्य उत्पादनको ४३.८ प्रतिशत हो।
वित्तीय पहुँच बढेको छ। सबै स्थानीय तहमा बैंकको शाखा पुगेको छ। बैंक तथा वित्तीय संस्थाका प्रति शाखावाट औसत २.५२७ जनसङ्ख्यामा बैंकिङ्ग सेवा उपलब्ध भएको छ। २०८१ फागुनमसान्तमा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप ९.५ प्रतिशत र वैड्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.७ प्रतिशतले बढेको छ।
नेप्से सूचकाङ्क २०८१ फागुनमसान्तमा २७३६.४९ विन्दु कायम भएको छ। जीवन बीमाको पहुँच ४४.१७ प्रतिशत जनसङ्ख्यामा पुगेको छ।
चालु आर्थिक वर्षको फागुनसम्म वस्तु निकासी ५७.२ प्रतिशत र वस्तु पैठारी ११.२ प्रतिशतले बढेको छ। विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेर रु.१० खर्ब ५१ अर्व ७७ करोड पुगेको छ। चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेका छन्। विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च रही १४.३ महिनाको वस्तु तथा सेवाको पैठारी धान्न पर्याप्त रहेको छ। हालसम्म उघोग विभाग र लगानी बोर्ड नेपालबाट रू.४७खर्व ६६ अर्ब बराबरको लगानी स्वीकृत भएको छ।
वैकल्पिक ऊर्जा सहित ९९ प्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुगेको छ। कुल जडित विद्युत् क्षमता ३.६०२ मेगावाट पुगेको छ। सड्डीय सरकारबाट निर्माण भएको रणनीतिक सडक सञ्जाल र स्थानीय सडक सञ्जाल गरी सडकको लम्बाई ३६ हजार १ सय ३२ किलोमिटर पुगेको छ। इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत पुगेको छ भने ७२.० प्रतिशत घरधुरीमा डिजिटल टेलिभिजनको पहुँच पुगेको छ।
मानव विकास सूचकाङ्क बढेर ०.६२२ पुगेको छ। शैक्षिक सत्र २०८१ मा आधारभूत तह (कक्षा १-८) को खुद भर्ना दर ९४.१ प्रतिशत र माध्यमिक तह (कक्षा ९-१२। को खुद भर्ना दर ५५.८ प्रतिशत पुगेको छ। चालु आर्थिक वर्षको फागुनसम्म ३७हजार ९ सय ८४ विपन्न नागरिकले मुटु, क्यान्सर र मृगौला सम्बन्धी रोगको उपचारका लागि निःशुल्क औषधि सहितको स्वास्थ्य सेवा प्राप्त गरेका छन्। यस अवधिसम्म ९६.८५ प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी सेवाको पहुँच पुगेको छ। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सङ्ख्या ३७ लाख ६ हजार ३ सय ८९ रहेको छ।
अन्त्यमा, आर्थिक सर्वेक्षण, २०८१/८२ नीति निर्माता, अनुसन्धानकर्ता लगायत सरोकारवाला सबैको लागि उपयोगी हुने विश्वास लिएको छु।
प्रतिक्रिया