+
Search

ताजा अपडेट +

पपुलर +

ट्राफिक नियम उल्लङ्घन गर्नेविरुद्ध जानकारी दिनेलाई पुरस्कार दिने – गृहमन्त्री लामिछाने

…6«flkms ;r]tgf ljz]if cleofgÚ M u[xdGqL sf7df8f}F, @ j}zfv M sf7df8f}F pkTosf 6«flkms kxL sfof{non] cfOtafb]lv oxfF ;' u]sf] …6«flkms ;r]tgf ljz]if cleofg @)!Ú z'efDe ;dff]xdf dGtJo fVb} u[xdGqL lj nfld5fg] . tla M gffo0f 9'ªufgf÷f;;
अभिलेख
२०८१ बैशाख २, आईतवार १३:२२ गते

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ट्राफिक नियम उल्लङ्घन गर्नेविरुद्ध जानकारी दिनेलाई पुरस्कार दिनेगरी काम गर्ने तयारीमा मन्त्रालय लागेको बताएका छन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरु गरेको ‘ट्राफिक सचेतना विशेष अभियान २०८१’ को उद्घाटन गर्दै गृहमन्त्री लामिछानेले सो बताएका हुन् । कार्यक्रममा बोल्दै लामिछानेले भने, ‘हामी तपाईँहरूको ज्यान जोगाउन लागेका छौँ, अब ट्राफिक नियम पालनामा निर्मम हुन्छौँ, त्यसअघि केही समय सचेतना कार्यक्रम गरेर समय भने दिन्छौँ ।’ सरकारले ट्राफिक प्रहरीलाई दिँदै आएको इन्सेन्टिभ पुनः वितरण गर्ने जानकारी गराउँदै उनले अब नियम उल्लङ्घन गर्नेविरुद्ध जानकारी ९रिपोर्टिङ० गर्नेलाई समेत पुरस्कार दिनेगरी काम गर्ने तयारीमा मन्त्रालय लागेको बताए ।
सडकमा ट्राफिक लाइट जोडिँदा राष्ट्रिय समाचार बन्ने अवस्थाले नै नेपाल कति पछाडि छ भनेर थाहा हुने उल्लेख गर्दै लामिछानेले यो वर्ष परिवर्तनको वर्ष भएको बताए । उनले प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा सरकारले जोड दिइरहेको बताए । लामिछानेले विगतमा सडक सुरक्षा कार्यदलले तयार पारेको प्रतिवेदन उपलब्ध गराउन आग्रह गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख