+
Search

ताजा अपडेट +

पपुलर +

आगामी आवको बजेट आज आउँदै

अभिलेख
२०८२ जेष्ठ १५, बिहीबार ०३:०९ बजे

सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज (बिहीवार) उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट पेस गर्ने भएका छन्।

नेपालको संविधानको धारा ११९ को उपधारा ३ अनुसार जेठ १५ गते सरकारी आयव्ययको अनुमान पेस गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज बजेट सार्वजनिक हुन लागेको हो।

अपराह्न ३ः०० बजे हुने बैठकमा अर्थमन्त्री पौडेलले बजेट पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले जानकारी दिए।

संसद् सचिवालयले दुवै सदनका सदस्यलाई दिउँसो २ः४५ बजे अगाडि नै प्रतिनिधिसभा बैठककक्षमा उपस्थित हुन आग्रह गरेको गरेको छ।

त्यसअघि प्रतिनिधिसभाको अपराह्न १ः३० हुने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा वाचन गर्ने तथा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ।

त्यसैगरी राष्ट्रियसभाको अपराह्न १ः४५ मा हुने बैठकमा अर्थमन्त्री पौडेलले ‘आव २०८२/०८३ को आर्थिक सर्वेक्षण’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि १९ खर्ब रुपैयाँको सिलिङ दिएको थियो। त्यसभन्दा केही बढी (करिब एक खर्ब रुपैयाँ) थप गरेर बजेट ल्याउन लागिएको अर्थ मन्त्रालय स्रोतको भनाइ छ।

मध्यमकालीन खर्च संरचनाले यो वर्ष २०८२/८३ मा २० खर्ब ८८ अर्ब २१ करोडको बजेट आउन सक्ने प्रक्षेपण गरेकव छ। यसमा १४ खर्ब ६२ अर्ब ६६ करोड राजस्व उठाउने लक्ष्य राखिएको छ भने बाँकी रकम आन्तरिक र बाह्य ऋण/अनुदानबाट जुटाउनुपर्ने आकलन छ।

देशले लिने आन्तरिक तथा बाह्य ऋण बढेको बढ्यै गरेकाले ऋणको सावा/किस्ता र ब्याज भुक्तानीमा पनि नेपालको बजेटको ठूलो हिस्सा खर्च हुन थालेको छ। चालु आवका लागि वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड विनियोजन भएको थियो। यो कुल बजेटको १९.७४ प्रतिशत हो।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख