+
Search

ताजा अपडेट +

पपुलर +

भारतबाट आयात कटौति हुँदा उद्योगमा थप लोडसेडिङ

अभिलेख
२०८२ बैशाख १४, आईतवार ०५:४२ बजे

भारतबाट विद्युत आयात कटौति भएसँगै नेपाल विद्युत प्राधिकरणले उद्योगमा थप लोडसेडिङ गरेको छ।

इन्डियन प्रिमियर लिग (आईपीएल), बढ्दो तापक्रमलगायत विभिन्न कारणले भारतमै माग उच्च हुँदा नेपालले चाहे जति बिजुली किन्न नपाउँदा औद्योगिक क्षेत्रमा बिजुली कटौती गरिएको प्राधिकरणले बताएको छ।

विद्युत् व्यवस्थापनमा कठिनाइ भएकाले औद्योगिक क्षेत्रमा केही समय आंशिक लोड दिइने प्राधिकरणले जनाएको छ। बिजुलीको उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट पुगे पनि उक्त समयमा अधिकतम उत्पादन १ हजार ५९३ मेगावाट रहेको प्राधिकरणले जानकारी दिएको छ।

सुक्खायाममा अपुग बिजुली बर्सेनि भारतबाट आयात गरेर पु¥याउने गरिएको छ। गर्मीयाम सुरु भएसँगै भारतमा अत्यधिक बढेको विद्युत् मागका कारण नेपालले चाहे जति विद्युत् किन्न नपाएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यसैगरी विद्युत् विनिमय समिति (पावर एक्सचेन्ज कमिटी–पीईसी) मार्फत भारतबाट ५० मेगावाट मात्र बिजुली आयात भइरहेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख