सुनको मूल्य मंङ्गलबार एकैदिन ६ हजार ९ सय रुपैँया बढेको छ। नेपाली बजारमा आज तोलाको २ लाख रुपैयाँ नजिक पुगेको छ।
छापावाल सुनको मूल्य मङ्गलबार तोलामा १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
नेपाल सुनचाँदी महासङ्घकाअनुसार यो जुन अहिलेसम्मकै उच्च मूल्य हो। यसअघि सोमबार सुनको मूल्य तोलाको १ लाख ९१ हजार रुपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो।
प्रतिक्रिया