+
Search

ताजा अपडेट +

पपुलर +

उपनिर्वाचनको पराजयले कांग्रेसलाई थप बलियाे बनाउन सहयोग गरेको छ- शेखर कोइराला

अभिलेख
२०८१ बैशाख २३, आईतवार ०६:३७ गते

उपनिर्वाचनको चुनावमा भएको पराजयले कांग्रेसलाई थप बलिएको बनाउन सहयोग गरेको नेपाली काग्रेसका नेता डा शेखर कोइरालाले बताएका छन्।

नेपाली कांग्रेस बाँके क्षेत्र नं १ द्वारा शनिबार कोहलपुरमा आयोजित दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले पार्टीलाई बलियो बनाउन सबै एक ढिक्का हुनुपर्ने बताएका छन्। कोइरालाले पार्टी सृदृढीकरणका लागि एकजुट हुन नेता तथा कार्यकर्तालाई आग्रह गरे। नेता कोइरालाले आगामी चुनावमा सबै कार्यकर्ताहरू एक हुनुपर्नेमा जोड दिँदै टिकट जसले पाए पनि उसलाई जिताउनु सम्पूर्ण कार्यकर्ताको दायित्व भएको बताए।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख