+
Search

ताजा अपडेट +

पपुलर +

सुरु भयाे लगानी सम्मेलन

nufgL ;Dd]ng pb3f6g sf7df8f}F, !^ j}zfvM k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú sf7df8f}Fdf cfOtaf/ b'O{ lbj;Lo t];|f] nufgL ;Dd]ng pb3f6g ub}{ . tl:a/M k|bLk/fh jGt÷/f;;
अभिलेख
२०८१ बैशाख १६, आईतवार ११:०५ गते

काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरू भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगानी सम्मेलनकाे उद्घाटन गरेका हुन्। सम्मेलनमा लगानीकर्ताहरूको स्वागत गर्दै अर्थमन्त्री वर्षमान पुनले नेपाल लगानीको लागि उत्कृष्ट गन्तव्य भएको बताए।  सरकारले करिब ९ खर्ब लागत बराबरका एक सय ५१ परियोजना लगानी सम्मेलनमा सोकेस गरेको छ। लगानी सम्मेलनमा ५५ देशबाट लगानीकर्ताहरु  नेपाल आएका छन्।

एक हजारभन्दा बढी विदेशी लगानीकर्ता सहभागी भएको उक्त सम्मेलनमा ११३ वक्ताले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न प्यानलमा छलफल हुनेछ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ लगानी सम्मेलन आयोजना गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख