+
Search

ताजा अपडेट +

पपुलर +

गजल

{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":2},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}
अभिलेख
२०८१ बैशाख १५, शनिबार ०७:१६ गते

खुसी छु सोचेर मेरो भागमा मन्दिर परेको छ,
बा-आमा छन् उनैका पाउमा शिर परेको छ ।

हिजो उत्सव मनाउन गएथ्यो भट्टी एक प्रेमी,
आज नि जान्छ, आज उसलाई पीर परेको छ ।

कसले देखाउला समस्याको समाधानको बाटो,
हर कोहीलाई समस्या यहाँ गम्भीर परेको छ ।

बाँचिन्थ्यो होला बरु गोली लागेको भए,
मलाई त कसैको नजरको तीर परेको छ ।

यस्तै रहेछ पिरती, नियति र जिन्दगी भन्नु,
कसैलाई मेरो दिल कसैलाई शरीर परेको छ ।

एक दीर्घरोगी छ, मृत्युशय्यामा थला परेको,
अर्को मेरो देशको छातीमा जन्जिर परेको छ ।

भित्तामा टाँसूँ कि च्यातेर फालूँ दोधारमा छु
मेरो हातमा मेरै लाशको तस्बिर परेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख