कक्षा १२ को परीक्षा पूर्वनिर्धारित समयमै सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
बोर्डको मंगलबारको बैठकले परीक्षा नसार्ने निर्णय लिएको छ। शिक्षक आन्दोलन चलिरहेको समयमा कक्षा १२ को परीक्षा हुने नहुने बिषयमा सशय बढिरहेको थियो तर बोर्डले परीक्षा नसर्ने जनाएको हो।
शिक्षा ऐनको माग गर्दै २१ दिनदेखि शिक्षकहरु शैक्षिक हड्तालमा छन्। शिक्षा ऐन जारी नभएसम्म आन्दोलन नरोक्ने र शैक्षिक गतिविधिमा नफर्कने उनीहरुले जनाएका छन्। यसैबीचमा शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्।
प्रतिक्रिया