+
Search

ताजा अपडेट +

पपुलर +

वाईसीएलमा को-को बने पदाधिकारी [सूचीसहित]

अभिलेख
२०८२ जेष्ठ २६, सोमबार १९:२१ बजे

काठमाडौँ- वाईसीएलमा ७५ सदस्यीय पदाधिकारी [सूचीसहित] काठमाडौँ- नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) को पदाधिकारी संख्या बढाएर ७५ जना पुर्‍याइएको छ।

यसअघि ३५ सदस्यीय पदाधिकारी संख्या रहेकोमा हालै सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनमार्फत सो संख्या दोब्बरभन्दा बढी गरी ७५ जनामा विस्तार गरिएको हो। शुक्रबार पुष्प ओलीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको थियो।

उपाध्यक्ष पदमा डम्बर पुलामीसहित २२ जना निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै, महासचिवमा गणेश शाही चयन भएका छन्।

तेस्रो राष्ट्रिय सम्मेलनबाट निर्वाचित नयाँ नेतृत्वले आइतबार आयोजित कार्यक्रममा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।

नयाँ नेतृत्वले संगठनलाई थप सशक्त बनाउँदै युवाहरूको हितमा काम गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख