काठमाडौँ- किशोर किशोरीलाई सही मार्गदर्शन गराउन यौन शिक्षा अनिवार्य गर्न माग गरिएको छ।
बियोन्ड बेजिङ समितिद्वारा शुक्रबार काठमाडौँमा आयोजित ‘बृहत्तर यौनिकता शिक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले यस्तो माग गरेका हुन्।
समितिका उपाध्यक्ष डा लक्ष्मी तामाङले कक्षा ६, ७ र ८ मा स्वास्थ्य तथा शारीरिक शिक्षा अनिवार्य गरिए पनि लाजका कारण विद्यार्थीले नबढ्ने अवस्था रहेको उल्लेख गरिन्।
यस्तै शिक्षकले पढाउन नसक्ने कारणले समस्या भइरहेको उनको भनाइ छ।
कक्षा ९ र १० मा भने स्वास्थ्य शिक्षासम्बन्धी विषय ऐच्छिक वर्गमा समेटिएकाले सबैले पढ्न पाउने वातावरण नरहेको उनले बताइन्।
माध्यमिक तहसम्म स्वास्थ्य शिक्षा र यौन शिक्षा अनिवार्य गरिनुपर्नेमा अभियानकर्मी तामाङको जोड थियो।
किशोरकिशोरीलाई यौन शिक्षा दिएर सचेत बनाउन सके यौन रोगलगायत विकृतिमा नफस्ने भएकाले यस्ता विषयलाई सञ्चारमाध्यमले जागरण अभियान चलाउनुपर्ने उनको भनाइ थियो।
प्रतिक्रिया