नेपाली कांग्रेसले भारतले पाकिस्तानी क्षेत्रमा गरेको हवाई आक्रमण ‘अप्रेसन सिन्दूर’लाई जायज भनेको छ।
शुक्रवार सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले अप्रेसन सिन्दूरलाई जायज भनेको हो। भारतको काश्मीरस्थित पहलगाममा एक नेपालीसहित २६ जनाको हत्या भएपछि भारतले पाकिस्तानी भूमिमा आक्रमण गरेको हो।
आतंककारी अखडामा गरेको भारतले गरेको हमलाको पक्षमा आफ्नो पार्टी रहेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए। ‘हामी जहिले पनि आतंकवादको खिलापमा हुने कारवाहीलाई जायज ठान्छौँ । आतंकवादलाई कसैले पनि प्रशय नदेओस् भन्ने पक्षमा छौं,’ महतले भने।
आतंकवादी अखडामाथि आक्रमण भएपछि पाकिस्तानले भारतीय जनतामाथि आक्रमण भएको भन्दै प्रवक्ता महतले चिन्ता पनि व्यक्त गरे।
नेपाली कांग्रेस सधैँ आतंकवाद निरुत्साहित गर्ने पक्षमा रहेको उल्लेख गर्दै उनले भारत पाकिस्तान तनाव युद्धमा परिणत नहोस् भन्ने पक्षमा रहेको बताए। ‘हामी आतंकवादी गतिविधि भयो त्यसको विपक्षमा उभिने हो। आतंकवादलाई संरक्षण गर्ने प्रवृत्ति हुनुहुन्न भन्ने हाम्रो प्रष्ट धारणा हो,’ उनले भने।
प्रतिक्रिया