+
Search

ताजा अपडेट +

पपुलर +

भारतमा ‘द वायर’माथि  प्रतिबन्ध

अभिलेख
२०८२ बैशाख २६, शुक्रबार १०:११ बजे

भारत सरकारले त्यहाँको महत्त्वपूर्ण अनलाइन सञ्चार माध्यम ‘द वायर’लाई  प्रतिबन्ध लगाएको छ।

भारत- पाकिस्तानबीच युद्ध सुरु भएपछि भारत सरकारले प्रतिबन्ध लगाएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारका गतिविधिमाथि आलोचनात्मक सामग्री पस्किँदै आएको थियो। द वायरका संस्थापक सम्पादक सिद्धार्थ वरदराजनका अनुसार कम्तीमा दुई वटा इन्टरनेट सेवा प्रदायकले सेवाग्राहीलाई सरकारको आदेश अनुसार ‘द वायर’ नखुलेको सूचना दिएको छ।

‘यो प्रतिबन्ध पूर्ण लागू नहुञ्जेल केही पाठकहरूले अझै पनि वायर पढ्न पाउनु हुन्छ होला, तर भीपीएनमार्फत वायर पढ्न सकिन्छ’, उनले भनेका छन्, ‘त्यसैले मोदीको महान पर्खालको बाहिर पनि जीवन छ र विदेशमा रहेका पाठकहरूले पनि हामीलाई पढ्न सक्छन्, तर हामी छिट्टै एउटा मिरर साइट सुरु गर्नेछौं ।’

द वायरले सामाजिक सञ्जाल एक्समा सूचना जारी गर्दै सरकारको यो कदमलाई संविधानले दिएको प्रेस स्वतन्त्रताको उल्लंघन भनेको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख