+
Search

ताजा अपडेट +

पपुलर +

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

राष्ट्रिय परीक्षा बोर्ड
अभिलेख
२०८२ असार १३, शुक्रबार २०:०६ बजे

०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार नतिजा प्रकाशित गरेको हो।

गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

एसईई दिएका मध्ये ६१.८१ प्रतिशत ग्रेडेड (पास) हुँदा ३८.१९ प्रतिशत विद्यार्थी ननग्रेडेड (फेल) भएको कार्यालयले जानकारी दिएको छ। गत वर्षभन्दा यसपालि नतिजामा सुधार भएको कार्यालयको भनाइ छ। गत वर्ष ४८ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका थिए।

साउन २९ गतेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन हुने कार्यालयले जानकारी दिएको छ। विद्यार्थीहरूले सबै विषयमा ग्रेड वृद्धिका लागि परीक्षा दिन पाउनेछन्।

नतिजासम्बन्धी विवरणहरू एसएमएस, आईभीआर र कार्यालयको वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जनाएको छ।

एसएमएस र आईभीआरमा नेपाल टेलिकम, जानकी टेक्नोलोजी, आकाश टेक, स्विफ्ट टेक्नोलोजी, अल स्टार आईटी सोलुसन्समार्फत हेर्न सकिनेछ।

यस्तै राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, इडियु सञ्जाल, इसेवा, खल्ती, स्मार्टकार्ड नेपाललगायतको वेबसाइटमार्फत पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख