नेपालले एएफसी एसियन कप छनोटमा सानदार विजयी सुरुआत गरेको छ।
आइतबार सम्पन्न समूहचरणको पहिलो खेलमा सावित्रा भण्डारी साम्बाको ४ गोलसँगै नेपालले लाओसलाई ९–० ले पराजित गरेको हो।
खेलमा अनिता बस्नेत, सरु लिम्बू, अनिता केसी र रश्मीकुमार घिसिङले समान एक गोल गरे।
योसँगै नेपालले छनोटमा ३ अंक सहित सानदार सुरूवात गरेको छ।
कप्तानको जिम्मेवारीमा रहेकी साम्बाको लागि यो खेल विशेष रहयो। उनले कप्तानको जिम्मेवारीमा टिमलाई ४ गोल सहित जित दिलाइन्।
समुह एफमा आयोजना उज्वेकिस्तान र श्रीलंका पनि छन्। नेपालको यो १००औं अन्तर्राष्ट्रिय खेल हो।
प्रतिक्रिया