चितवन- चितवनमा एक जना पूर्वैसैनिकले आफ्नै छोरी र भतिज (दाजुको छोरा)को हत्या गर्ने व्यक्ति पूर्वसैनिक भएको खुलेको छ। भरतपुर महानगरपालिका–२५ किसान चोक नजिक घर भएका ४२ वर्षीय लीलाराज गिरीले छोरीछोराको हत्या गरेका हुन्।
लीलाले धारिलो हतियार प्रहार गरी दुवै बालबालिकाको हत्या गरेका थिए। गिरीले आफ्नै छोरी ७ वर्षीया प्रभा गिरी र दाजु दया गिरीका ५ वर्षीय छोरा सजन गिरीलाई खुर्पा प्रहार गरेका थिए।
बालबालिकामाथि धारिलो हतियार प्रहार गरेपछि लीलाले आत्महत्याको प्रयास समेत गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ। शुक्रवार बिहान ९:४५ बजेको समयमा विद्यालय जाने तरखरमा रहेका बालबालिकामाथि लीलाले धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए।
छोरीछोरालाई धारिलो हतियार प्रहार गरेपछि लीलाले आफैँले पनि आत्महत्याको प्रयास गरेका थिए। घटनालगत्तै गम्भीर घाइते अवस्थामा तीनै जनालाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो। तर दुई बालबालिकाको मृत्यु भएको र गिरीको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।
लीलाको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ।
प्रतिक्रिया