नागरिकले निःशुल्क रुपमा प्राप्त गर्न सक्ने स्वास्थ्य सेवाहरुबारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विवरण सार्वजनिक गरेको छ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणमा निशुल्क सेवा प्राप्त गर्नका लागि आवश्यक कागजातको पनि विवरणमा उल्लेख गरेको छ।  नागरिकहरुले निःशुल्क प्राप्त गर्ने सेवा, सेवा प्राप्त गर्ने लक्षित समूह, प्राप्त गर्ने स्थानलगायतका विवरण  सार्वजनिक गरेको हो। मन्त्रालयले नागरिकलाई सरकारी स्वास्थ्य संस्थामार्फत आधारभूत उपचार निःशुल्क उपलब्ध गराइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकले प्राप्त गर्ने निःशुल्क उपचार पारदर्शी र सबैले थाहा पाउने गरी जानकारी राख्न भनेपछि मन्त्रालयले  विवरण सार्वजनिक गरेको हो।  मन्त्री पौडेलले यसअघि संघीय अस्पताल तथा मेडिकल कलेजहरुलाई सेवा शुल्कसम्बन्धी विवरण वेबसाइट तथा अस्पतालमा सबैले देख्ने गरी राख्ने व्यवस्था मिलाउन भनेका थिए।

यसैगरी, मृगौला रोग, मुटु रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया तथा जलन उपचार सेवाअन्र्तगत विभिन्न उमेरसमूहका बिरामीलाई विभिन्न खालका सेवा निःशुल्क दिइरहेको छ।

निःशुल्क सेवासम्बन्धी सबै विवरण निम्न लिंकमार्फत प्राप्त गर्न सकिनेछ ।

https://www.mohp.gov.np/category/free-treatment-service/

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय