नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एसीसी प्रिमियर कपमा कतारविरुद्धै एकै ओभरमा ६ छक्का हानेका छन्।
योसँगै नेपालबाट एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडीसमेत दीपेन्द्र बनेका हुन्।
यसअघि दीपेन्द्रले नै मंगोलियाविरुद्ध दुई फरक ओभरमा लगातार ६ छक्का हानेका थिए।
दीपेन्द्रले कतारका कमरान खानलाई अन्तिम ओभरमा ६ छक्का हानेका हुन्।
दीपेन्द्रले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रन बनाए।
नेपालले कतारलाई २११ रनको विशाल लक्ष्य दिएको छ। नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको हो।