बुधबार परेको वर्षाका कारण संघीय राजधानी काठमाडौँलाई वायु प्रदूषणबाट केही राहत मिलेको छ।

केही दिनदेखि विश्वकै प्रदूषित सहरमा गनिएको काठमाडौँमा बिहीबारदेखि वायु प्रदूषणको मात्रा केही कम भएको हो। यद्यपि, वायु प्रदूषणको तथ्यांक राख्ने आईक्यू एयरले जारी गरेको सूची अनुसार शुक्रबार बिहान काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा सातौँ स्थानमा रहेको छ। अझै पनि यहाँको वायुको गुणस्तर ‘रेड जोन’ मा नै रहेको छ।

बिहानको मापन अनुसार काठमाडौँको एक्यूआई १५३ रहेको छ। यसलाई अस्वस्थ मानिन्छ। यहाँको हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा ११.८ गुणा बढी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय