
राष्ट्रियसभाको बैठक चैत ४ गतेसम्मका लागि स्थगित भएको छ।
आइतबारको बैठकपछि राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले अर्को बैठक चैत ४ गते बस्नेगरी स्थगित भएको घोषणा गरेका हुन् ।
आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय प्राकृतिक श्रोत वित्त आयोगको आर्थिक बर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेका थिए।