आइतबार काठमाडौँ विश्वको पाचौँ प्रदूषित सहरका रुपमा सुचीकृत भएको छ।

‘एयर क्वालिटि इन्डेक्स’ का अनुसार आज काठमाडौ‌ँको वायु प्रदूषण एक सय ६३ एक्युआई पुगेको छ। विश्वको सबैभन्दा बढी प्रदूषित सहरको रुपमा भियतनामको राजधानी हनोई सहर सुचीकृत भएको छ भने दोस्रोमा चीनको बेइजिङ परेको छ।  तेस्रो प्रदूषित सहर बङ्गलादेशको ढाका तथा चौथो स्थानमा भारतको नयाँदिल्ली रहेको छ।

मौसम पूर्वानुमान माहाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको मौसमविद् विनु महर्जनले बताइन्। पर्याप्त वर्षा नहुँदा काठमाडौँ उपत्यकाको आकाशमा बादल लगेको छ भने वायु प्रदूषण पनि बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय