
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण रोक्न माग गर्दै सुरु भएको आन्दोलन स्थगित भएको छ।
सरकारी वार्ता टोली र आन्दोलनरत पक्षबीच सहमति जुटेसँगै मुक्कुमलुङ संरक्षक पक्षको आह्वानमा भइरहेको आन्दोलन स्थगित भएको हो। हिजो र आज भएको वार्तामा दुई पक्षबीच ६ बुँदे सहमति भएको छ।
सहमति अनुसार पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य हाललाई स्थगन हुनेछ। स्टेसनका सन्दर्भमा आउँदो २७ माघमा हुने वार्तामा विस्तृत छलफल हुनेछ।