सरकारले बैशाख ६ र ७ गते  देशव्यापी रुपमा बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक देखि पाँच वर्ष सम्मका बालबालिकालाई जुका मार्ने औषधि खुवाउन लागेको हो।

यो कार्यक्रम  सरकारले हरेब बर्ष दुई चरणमा गर्दछ।  पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते देशैभर जिल्लामा सञ्चालन हुँदै आएको छ ।

कार्यक्रम अन्तर्गत ६ महिना भन्दा माथिका बालबालिकालाई बालभिटा पोषणयुक्त्त आहार दिँदैछ । यस अभियानमा पाँच बर्षमुनिका करिब २७ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष रहेको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय