+
Search

ताजा अपडेट +

पपुलर +

४७ खर्ब ६५ अर्ब ८९ करोड बराबरको कुल लगानी स्वीकृत

अभिलेख
२०८२ जेष्ठ १५, बिहीबार १०:०२ बजे

२०८१ असारसम्म ४७ खर्ब ६५ अर्ब ८९ करोड बराबरको कुल लगानी स्वीकृत भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्मा पेस गरेको चालु आर्थिक वर्ष २०८१/८२ आर्थिक सर्वेक्षण अनुसार स्वीकृत कुल लगानीमध्ये उद्योग विभागबाट स्वीकृत भएको लगानीको हिस्सा ६८.१५ प्रतिशत र लगानी बोर्ड नेपालबाट स्वीकृत भएको लगानी ३१.८५ प्रतिशत रहेको छ ।

२०८१ फागुनसम्म लगानी बोर्डबाट १५ खर्ब १७ अर्ब ८२ करोड रुपैयाँ बराबर लगानी स्वीकृत भएको छ । लगानी बोर्डबाट चालु आव फागुनसम्म १ खर्ब ४१ अर्ब १५ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख