+
Search

ताजा अपडेट +

पपुलर +

अध्ययन र अनुसन्धान नै नीति निर्माणको आधारशिला हो : शिक्षामन्त्री भट्टराई

अभिलेख
२०८१ चैत्र २८, बिहीबार ०३:४७ बजे

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले अध्ययन र अनुसन्धान नै नीति निर्माणको आधारशिला भएको बताएकी छिन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्(एनएचआरसी)को  राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलनको  उद्घाटन सत्रमा बोल्दै मन्त्री  भट्टराईले तथ्य, प्रमाण र अनुसन्धानको निष्कर्षका आधारमा  बनाइएको नीति निर्माण प्रभावकारी हुने बताइन्। उनले भनिन्, ‘वैज्ञानिक तथ्यमा आधारित नीति र निर्णयले मात्रै विकास दीगो हुन्छ। तथ्य, प्रमाण र अनुसन्धानको निष्कर्षका आधारमा नीति निर्माण भयो भने प्रभावकारी हुन्छ।’

योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारीले अनुसन्धानकर्ताका लागि राम्रो प्लेटफर्म भएको उल्लेख गरे।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटा, योजना आयोगका सदस्य डा आरपी बिच्छा, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झाले आफ्ना भनाइ राखेका थिए।
सम्मेलनको यसपटकको मुल नारा स्वास्थ्य, जलवायु र जनसंख्यामा परिवर्तनः दिगो र समातामुलक भविष्यको लागि उत्थानशील स्वास्थ्य प्रणाली रहेको छ।
सम्मेलनमा एक हजारभन्दा बढी राष्ट्रिय तथा एक सय भन्दा बढी अन्तर्राष्ट्रिय सहभागीहरूको उपस्थिति रहने बताइएको छ। जसमा भारत, चीन, युनाइटेड किंगडम, स्विजरल्यान्ड, जर्मनी, अमेरीका लगायत अन्य देशका विज्ञहरूको भौतिक तथा भर्चुअल माध्यमबाट सहभागीता रहनेछ।

यस सम्मेलनलाई पारदर्शी बनाउनका लागि विभिन्न समितिहरु गठन गरिएका छन् । सम्मेलनका लागि १४६ वटा मौखिक र १३० वटा पोस्टर प्रस्तुतिकरणका लागि गरी कुल २७६ वटा अब्स्ट्र्याक्ट हरु प्राप्त भएका छन्, जसमध्ये साइन्टिफिक कमिटीले निर्धारण गरेको मापदण्डको आधारमा ८७ वटा मौखिक प्रस्तुतिकरण (र ११५ वटा पोस्टर प्रस्तुतिकर का लागि छनोट गरिएको बताइएको छ। साथै २६ जना आमन्त्रित र २ जना किनोट स्पिकरले सम्मेलनको मुल नारामा केन्द्रित भएर विशेष प्रस्तुति दिनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख