नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा भएका छन्।
सर्वोच्च अदालतका कर्मचारीले अनाधिकृत पत्र पठाएका आधारमा बुधबार दिउँसो पक्राउ परेका चौधरीलाई रिहा गरिएको डिल्लीबजार कारागार कार्यालयले जनाएको छ।
चौधरीलाई पक्राउ गर्नका लागि सर्वोच्चका सर्वाेच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले अनाधिकृत पत्र लेखेका थिए। सोही आधारमा प्रहरी परिसर काठमाडौंले चौधरीलाई पक्राउ गरेको थियो। तर सर्वोच्चले नै उक्त पत्र फेक भएको विज्ञप्तीमार्फत जानकारी दिइसकेको छ। सर्वोच्चले कारागार कार्यालय डिल्लीबजारलाई पत्र लेख्दै चौधरीलाई रिहा गर्न भनेको थियो।
बुधबार नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता घोषणा हुने भएपछि रेशम प्रज्ञा भवन पुगेका उनलाई पक्राउ गरिएको थियो। प
प्रतिक्रिया