+
Search

ताजा अपडेट +

पपुलर +

अनधिकृत रूपमा पत्र लेख्ने सर्वोच्चका अधिकृत विरुद्ध कानुनी कारबाहीको प्रक्रिया सुरु

अभिलेख
२०८२ बैशाख १७, बुधबार ११:२८ बजे

सर्वोच्च अदालतले अनधिकृत रूपमा पत्राचार गर्ने शाखा अधिकृत महिमान सिंह विष्ट विरुद्ध कानुनी कारबाहीको प्रक्रिया सुरु गरेको जनाएको छ।

वैशाख १७ मा कारागार कार्यालय, डिल्लीबजार काठमाडौंलाई लेखिएको पत्र अदालतको आधिकारिक स्वीकृति विना नै पठाइएको पुष्टि भएको भएपछि पत्र लेख्ने अधिकृत महिमान सिंह विष्ट विरुद्ध कानुनी कारबाहीको प्रक्रिया सुरु गरेको सर्वोच्चले जनाएको छ।

रेशम चौधरीलाई पक्राउ गर्ने सर्वोच्च अदालतले पठाएको पत्रलाई सर्वोच्च अदालतले नै अनधिकृत भनेको हो।

सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बुधबार अपराह्न विज्ञप्ति जारी गर्दै अनधिकृत रूपमा पत्र लेख्ने अधिकृतलाई कारबाही प्रक्रिया सुरु गरिएको जानकारी दिएका छन्।

‘यस अदालतको शाखा अधिकृतले च.नं. १९२७७ मिति २०८२।०१।१७ को कारागार कार्यालय डिल्लीबजार काठमाडौंलाई लेखिएको पत्र अनधिकृत रहेकोले उक्त माथि उल्लेखित च.नं. र मितिको अनुरोध पत्र कार्यान्वयन नगर्न अनुरोध गर्दै सम्बन्धित निकायमा पत्राचार गरिसकिएको र अनधिकृत रूपमा सो पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाहीको प्रक्रिया सुरू गरिएको बेहोरा सबैमा जानकारीको लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।

 

 

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख