नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशमलाल चौधरी काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँले फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको बताएको छ। उनलाई सादा पोसाकमा गएका प्रहरीले उनलाई नियन्त्रणमा लिएका थिए। प्रज्ञा प्रतिष्ठानमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकताको तयारी भइरहेका वेला चौधरी पक्राउ परेका हुन्। एकता घोषणाका लागि हुने भनिएको कार्यक्रम पनि अनिश्चित बनेको छ।
टीकापुर घटनामा राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते उनी जेलमुक्त भएका थिए। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको दिन चौधरीलाई बाँकी कैद मिनाहा गरिदिएका थिए।
राष्ट्रपतिको सोही निर्णयविरुद्ध टीकादुर घटनामा मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले सर्वोच्चमा रिट दर्ता गराएकी थिइन्।
प्रतिनिधि सभामा ६ सांसद भएको जनमत पार्टी र र ४ सांसद भएको नाउपाबीच आज पार्टी एकता भएर नागरिक जनमत पार्टी बन्दै थियो।
प्रतिक्रिया