+
Search

ताजा अपडेट +

पपुलर +

आँखा स्वास्थ्यलाई स्वास्थ्य बीमा कार्यक्रममा समायोजन गर्छौँ : प्रधानमन्त्री ओली

अभिलेख
२०८२ बैशाख १७, बुधबार ०६:३५ बजे

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने बताएका छन्।

आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहरूद्वारा काठमाडौँमा आयोजित ‘इन साइट अफ लाइभ’ सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

दिगो विकास लक्ष्यहरूप्रति प्रतिबद्धता जनाउँदै विशेष गरी दृष्टि गुमाउने जोखिममा रहेकालाई ध्यानमा राखेर प्राथमिक स्वास्थ्य सेवा प्रणाली र आवश्यक सेवामा आँखा स्वास्थ्यको समायोजनलाई प्राथमिकता दिइएको उनको जिकिर छ।

नेपालमा सन् २०२२ मा बच्न सकिने अन्धोपनको द्रूत मूल्याङ्कन पूरा भएको र यसले हाम्रा राष्ट्रिय प्राथमिकतालाई मार्गदर्शन गर्न सघाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्र रणनीतिक योजनामा सन् २०३० प्रभावकारी मोतियाबिन्दु शल्यक्रिया कभरेज ७५ प्रतिशतसम्म गर्ने प्रतिबद्धता राखिएको अवगत गराए।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख