आज चिकित्सा शिक्षा आयोगको १९ औँ बैठक बस्दैछ।
बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको बैठकमा आन्दोलनरत चिकित्सकका मागबारे छलफल हुने जनाइएको छ।
चिकित्सा शिक्षा आयोगको १८ औँ बैठकले गठन गरेको एमबीबीएस र बीडीएसको सिट संख्या तथा शुल्क संरचना पुनरावलोकन कार्यदलले आफ्नो प्रतिवेदन आज सरकारलाई बुझाउँदैछ।
चिकित्सा शिक्षा तर्फ पोष्ट ग्राजुएट्स (पीजी) अध्ययनरत चिकित्सकलाई निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता नदिएको भन्दै आन्दोलन चर्किरहेकाे छ ।
चिकित्सा शिक्षा आयोगको १८ औँ बैठक] निजि मेडिकल कलेजमा कार्यरत आवासिय चिकित्सकलाई सरकारी सरह ४८ हजार ७३७ रुपेयाँ निर्वाह भत्ता दिने गरेपनि निजी मेडिकल सञ्चालकहरूले उक्त निर्णय कार्यान्वयन गरेका छैनन्। निर्णय कार्यान्वायनमा नआएपछि चिकित्सकहरुले झण्डै एक महिनादेखि आन्दोलन गरिरहेका छन्। कलेज सञ्चालकहरु स्रोत सुनिश्चित भएपछि मात्रै सरकारी सरह भत्ता दिन सकिने बताउँदै आएका छन्।
आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिने हो भने एमबीबीएस, बीडीएसको सिट र शुल्क बढाउनुपर्ने निजी मेडिकल सञ्चाकलको माग छ।
बैठक आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बस्दैछ ।
प्रतिक्रिया