+
Search

ताजा अपडेट +

पपुलर +

शिक्षकलाई सुमनाको आग्रह- अब त पार्टीको सदस्यता त्यागिदिनुस्

अभिलेख
२०८२ बैशाख १४, आईतवार १२:१३ बजे

पूर्वशिक्षा मन्त्री एवम् रास्वपा सांसद  सुमना श्रेष्ठले पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई आग्रह गरेकी छिन्।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले शिक्षकको आत्मसम्मानमा लागेको चोटलाई सम्झेर भए पनि पार्टीको सदस्यता त्याग्न उनले आग्रह गरेकी हुन्।

उनले लेखेकी छन्, ”शिक्षक साथीहरू, जो नेताहरूलाई तपाईंहरूले बुइँ चढाई-चढाई सबैतिर पुऱ्याउनुभयो, आज वहाँहरूले तपाईंहरू माथि गरेको दमनले वहाँहरूको नैतिकता र चरित्र उदाङ्गो पारिदिएको होला।
सदनमा र भाषणमा राजनीतिकर्मीहरू जस्तो सुकै गरेर प्रस्तुत भए पनि, कसरी तपाईंहरूलाई हेरिन्छ अब त बुझ्नुस्।
पहिले देशको व्यवस्था परिवर्तन गर्न तपाईंहरूले विभिन्न काल खण्डमा योगदान दिनु भयो। तपाईहरुले व्यवस्था परिवर्तन गरे पनि देशको बागडोर सम्हाल्नेहरूको संस्कार परिवर्तन भने भएनछ ।अब यो संस्कार परिवर्तन गर्न तपाईंहरू पनि शामेल हुनुस्।
यत्रो दिन आन्दोलनरत रहँदा समेत तपाईंहरूसँग न राम्ररी वार्ता गर्न सक्ने, न त तथ्यगत आधारमा negotiate गर्न सक्ने — तपाईंहरूको आत्मसम्मानमा लागेको चोटलाई पनि सम्झेर अब त मनन गर्नुहोस्, यो तानाशाह प्रवृत्ति र चरित्रलाई अस्वीकार गर्नुहोस्। पार्टीको सदस्यता त्यागिदिनुहोस्।
अब तपाईंहरूले छान्ने बेला आयो। अझै “आफ्नो” मान्छे चाहिने, “भेटी” चढाउनु पर्ने प्रणालीको निरन्तरता कि वृत्तिविकासको पथ अनुमान गर्न सकिने पारदर्शी विधिसम्मत प्रणाली? अझै पनि कुनै राजनीतिज्ञ वा पार्टीको छाता छायाँमा बसिरहनुहुन्छ कि सबैलाई एकरुपले लागु हुने कार्यसम्पादनमा आधारित विधि?”

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख