आज मातातीर्थ औंसी, जसलाई ‘आमाको मुख हेर्ने दिन’ श्रद्धा र भक्ति साथ मनाइँदैछ।
आज आमाप्रति सम्मान, माया र कृतज्ञता व्यक्त गर्दै विशेष रूपमा मनाउने गर्दछन्। प्रत्येक वर्ष वैशाखकृष्णपक्ष औंसीका दिन मनाइने यो पर्वमा विशेष गरी छोराछोरीहरूले आफ्नी आमालाई मिठा परिकार, लुगा, उपहारहरू प्रदान गरी आशीर्वाद लिने गर्दछन्।
आमा दिवंगत भइसकेका व्यक्तिहरूका लागि भने आजको मातातीर्थ लगायत विभिन्न पवित्र तीर्थस्थलमा गई स्नान, तर्पण र पिण्डदान गरी आमाको सम्झना गर्दछन्।
काठमाडौँको रहेको मातातिर्थ तीर्थस्थलमा बिहानैदेखि श्रद्धालुको भीड लागेको छ।
धार्मिक विश्वास अनुसार, यस दिन तर्पण गरेमा दिवंगत आमाको आत्माले शान्ति प्राप्त गर्छ र वंशमा सुख-शान्ति रहने विश्वास गरिन्छ।
प्रतिक्रिया