
नेपालमा मिनी पीसीएनएल प्रविधि (सानो प्वाल बनाएर बिना चिरफार मिर्गौलााको पत्थरी निकाल्ने प्रविधि ) भित्रिएको २० वर्ष पूरा भएको छ।
सन् २००५ मा यूरोलोजिस्ट धुलिखेल अस्पतालबाट यसको सुरुवात गरिएको हो। मिनी पीसीएनएल प्रविधि मिर्गौला र मूत्र प्रणालीको ठूलो र जटिल पत्थरीको उपचारका लागि उत्कृष्ट प्रविधि हो। यो बिना ठूलो चिरफार उपचार गर्न सकिने प्रविधि हो। यसको प्रयोगबाट बिरामीमा रगतको क्षति अत्यन्तै कम हुने, दुखाइ कम हुने, घाउ चाँडै निको हुने प्रायः सबै पत्थरी हटाउन सकिने र बिरामीको अस्पताल बसाइ पनि थोरै दिन हुन्छ। यो विधि बाट उपचार गर्दा बिरामीको पेटमा चिरफार नगरी एउटा सानो प्वाल पारिन्छ र उक्त प्वालबाट एउटा सानो पाइप छिराएर मिर्गौलाभित्रको पत्थरीलाई फुटाई पाइपबाटै तानेर बाहिर निकालिन्छ। शल्यक्रिया गरेको २४ घण्टामा नै बिरामी डिस्चार्ज हुनसक्छन्।
२० बर्ष अगाडि डा संजय खडगीको आग्रहमा चाइनिज प्राडाद्धय Prof. Zeng Guohua र Prof. Zhou Fangjianआएर ३२ जना मिर्गौलामा पत्थरी भएका बिरामीको यो प्रविधिबाट शल्यक्रिया गरेसँगै नेपालमा यो प्रविधि भित्रिइएको हो। त्यतिबेला थोरै देशहरुमा मात्र यो प्रविधिबाट उपचार हुने गरेका थिए।
नेपालमा मिनी पीसीएनएलको २० बर्ष पुगेको अवसरमा ‘खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजी’ले डाद्धय Prof. Zeng Guohua र Prof. Zhou Fangjian निम्तो दिइ एक कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रममा बोल्दै डा खड्गीले २० वर्षमा १५ हजार भन्दा बढी शल्यक्रिया गरिसकेको बताए। खड्गी इन्स्टिच्युटमा मिनी पीसीएनएल प्रविधिबाट नियमित रुपमा मिर्गौलाको पत्थरीको शल्यक्रिया गर्दै आएको छ। इन्स्टिच्युटमा गरिव तथा विपन्न नागारिकका लागि निकै सहुलियत (सरकारी भन्दा पनि कम) शुल्कमा शल्यक्रिया गर्ने गरेको बताए। लिइसकेका छन्।