चितवनको भरतपुर अस्पतालमा मुटु रोगको उपचार सुविधा सुरु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्याथ ल्याबको उद्घाटन गर्दै मुटु उपचार सेवा सुरुवात गरेका हुन्। प्रदेशस्तरमै नागरिकले सेवा पाउन् भनेर विशिष्ट उपचार विस्तार गरिएको हो।
सेवा उद्घाटन गर्दै मन्त्री पौडेलले विशिष्ट उपचार क्रमैसँग प्रदेशमा विस्तार गर्ने योजना अघि बढेको बताए। साथै उनले अस्पतालमा निर्मित जलन वार्डको समेत उद्घाटन गरे। यो सँगै अब जलनका बिरामीको अस्पतालमा उपचार सहज हुने भएको छ।
यसअघि गम्भीर जलनका बिरामीले काठमाडौं पुग्नुपर्ने बाध्यता थियो।
प्रतिक्रिया