+
Search

ताजा अपडेट +

पपुलर +

कुलमानले गलत तथ्यांक पेस गरेर आफूलाई सफल देखाउन खोजे : हितेन्द्रदेव शाक्य

अभिलेख
२०८२ बैशाख १९, शुक्रबार ०९:२१ बजे

नेपाल विद्युत प्राधिकरणले सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउने तयारी गरेको छ।

निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले गलत तथ्यांक पेस गरेर आफूलाई बढी सफल देखाउन खोजेको भन्दै प्राधिकरणको हालको नेतृत्वले डीडीए गराउने तयारी गरेको हो।

प्राधिकरणका वर्तमान हितेन्द्रदेव शाक्यले श्वेत पत्र जारी गर्दै अब डीडीएको प्रक्रिया सुरु गरिने जानकारी दिएका हुन्।

श्वेतपत्र प्रस्तुत गर्दै शाक्यले प्राधिकरणमा चालु पुँजीको र नगद संकट रहेको उल्लेख गरे। नेपाल विद्युत प्राधिकरणले ११ अर्ब तिर्न बाँकी रहेको उनले उल्लेख गरे। तर आफूहरूसँग २ अर्ब मात्र चालु कोषमा रहेकाले भुक्तानी गर्न नसकिएको उनको भनाइ छ।

आफ्नो दायित्वमा परेको रकम भुक्तानीका लागि मात्र प्राधिकरणले नेपाल सरकारसँग अल्पकालीन प्रकृतिको ऋण लिन लागेको पनि शाक्यले जानकारी दिए। अब सरकारसँग चर्को ब्याजमा भएपनि १० अर्ब ऋण लिने प्रक्रिया थालनी गरिएको उनले बताए।

प्राधिकरण अहिले गम्भीर स्रोत संकटमा रहेको आगामी वर्षमा पनि आर्थिक संकट बढ्ने शाक्यको आकलन छ।

प्राधिकरणलाई गत वर्ष १३ अर्ब दिएको सरकारले यस वर्ष सरकारले ४ अर्ब मात्र दिएकाले पनि समस्या आएको उनको भनाइ छ।

चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाएर शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख