चिकित्सा शिक्षा आयोगको १९ औँ बैठक सकिएको छ।
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा निजी मेडिकल कलेजहरु आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिन तयार भएका छन्।
बैठकलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै निजी मेडिकल कलेजहरुको संगठन एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेण्डल कलेज अफ नेपालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले आयोगको १६ औं बैठकको निर्णयदेखिकै निर्वाह भत्ता दिन तयार रहेको बताए। तर अझैपनि चिकित्सकहरुले भने यस कुरमा पनि आशंका व्यक्त गरेका छन्। चिकित्सक संघका अध्यक्ष अनिल विक्रम कार्कीले आवासीय चिकित्सकहरुसँग छलफल गरेर मात्रै आन्दोलनलाई निरन्तरता दिने कि रोक्ने विषय टुंगो लाग्ने बताए।
चिकित्सा शिक्षा आयोगको १६ औँ वैठकले निजी मेडिकल कलेजहरुले पनि सरकारी सरह आवासीय चिकित्सकलाई ४८ हजार ७३७ रुपैँया दिने निर्णय गरेको थियो । तर सो निर्णयको मेडिकल कलेजहरुले विरोध गरेपछि चिकित्सकहरु आन्दोलनमा उत्रीएका थिए। चिकित्सकको बैंक खातामा पैसा आएपछि मात्रै आन्दोलन रोकिने उनले संकेत गरे।
प्रतिक्रिया