निजी मेडिकल तथा डेन्टल कलेजले पोष्ट ग्राजुएट्स विद्यार्थीहरुलाई ४८ हजार ७३७ रुपैयाँ निर्वाह भत्ता नदिदा सम्म मन्त्रालयबाट कलेजका लागि हुने सबै काम रोकिने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले घोषणा गरेका छन्।
चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निर्धारण गरेको निर्वाह भत्ताको विषयमा आन्दोलनरत चिकित्सकहरुसँगको बैठकमा मन्त्री पौडेलले यस्तो घोषणा गरेका हुन्।
चिकित्सकहरुले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्ने तयारी गरेपछि मन्त्री पौडेलले चिकित्सकहरुलाई बोलाएर छलफल गरेका हुन्।
छलफलका क्रममा पौडेलले निर्वाह भत्ताका विषयमा मन्त्रालय प्रष्ट रहेको भन्दै यसबाट पछाडी नहट्ने बताए।
छलफलमा नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल बिक्रम कार्कीले आयोगको निर्णय कार्यान्वयन गर्न मेडिकल कलेज सञ्चालकहरुले अटेरी गरेको भन्दै मन्त्रालयले दिने सुविधा रोक्न आग्रह गरेका थिए।
मन्त्री पौडेलले माग पुरा गर्ने दवावमा अस्पतालका सेवाहरु बन्द नगर्न आग्रह गरे। तर संघले भने माग पुरा नभएसम्म आकस्मीक बाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको छ।
प्रतिक्रिया