थाइल्यान्डमा शुक्रबार विमान दुर्घटनाग्रस्त भएर समुद्रमा खसेको छ।
समुद्रमा खसेपछि दुई टुक्रा भएको छ। विमान भित्र ६ जना प्रहरी थिए। यस घटनामा सबै जनाको मृत्यु भएको छ। थाइल्यान्डको एक प्रसिद्ध समुद्री तटीय सहरमा दुर्घटना भएको हो। दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। रोयल थाई प्रहरीका प्रवक्ता आर्चायोन क्राइथोङले दुर्घटनाको पुष्टि गरेको विदेशी सञ्चार माध्यमहरुले जनाएका छन्। प्यारासुट प्रशिक्षणको तयारीका लागि परीक्षण उडानमा रहँदा विमान अचानक दुर्घटना भएको जनाईएको छ। विमानको ब्ल्याक बक्स फेला परेको छ । यसबाट दुर्घटनाको वास्तविक कारण पत्ता लाग्ने आशा गरिएको छ। विमानले आपत्कालीन अवस्थामा प्रहरीलाई प्यारासुट तालिम दिँदै थियो ।
विमान अचानक दुई भागमा टुक्रिएको थियो। मृतक सबैको शव समुद्रबाट निकालिएको छ।
प्रतिक्रिया