आगामी बुधबार बोलाइएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
पार्टी मुख्य सचिव कृष्णप्रसाद पाैडेलले आज एक विज्ञप्ति जारी गरी अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा अहिले थाइल्याण्डमा छन्।
उनी विदेश यात्रामा रहेकोले बैठक स्थगित भएको बुझिएको छ।
प्रतिक्रिया