+
Search

ताजा अपडेट +

पपुलर +

घुम्न गएका बुटवलका सुदीप कश्मीरमा मारिए

अभिलेख
२०८२ बैशाख १०, बुधबार १०:४१ बजे

भारतको जम्मु–कश्मिरमा आतंकवादी आक्रमणबाट एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ।

जम्मू-कश्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि भएको आक्रमणमा परी मृत्यु हुनेमा २७ वर्षीय सुदीप न्यौपाने रहेको पुष्टि भएको छ।

उनी बुटवल उपमहानगरपालिका वडा नम्बर १४ कै रहेको सोही वडाका वडाध्यक्ष दधिराम न्यौपानेले जानकारी दिए। वडा अध्यक्ष न्यौपाने र सुदीप नातामा काका भतिज हुन्।

वडा अध्यक्ष न्यौपानेका अनुसार बन्दुकधारीहरूको उक्त समूहले बाटोमा हिँड्दै गरेका सुदीपलाई कुन धार्मिक समूह हो भन्दै सोधेपछि एकाएक गोली हानेको थियो। आमासँग बुटवल ११ कालिकानगरमा बस्दै आएका सुदीप धरानमा पब्लिक हेल्थ पढ्दै आएका थिए। सुदीप परिवारका एक्ला छोरा हुन् ।

गत शनिबार आमा रिमा पाण्डे, दिदी सुष्मा र भिनाजु उज्ज्वल काफ्लेसहित घुम्न भन्दै कश्मिर गएका सुदीपमाथि बन्दुकधारीहरूले अचानक आक्रमण गरेको वडा अध्यक्ष न्यौपानेले जानकारी दिए।

बन्दुकधारीहरूको उक्त समूहले बाटोमा हिँड्दै गरेका सुदीपलाई ‘नाम र धर्म के हो’ भन्दै सोधेपछि एकाएक गोली हानेको थियो । आतंकवादीले त्यहाँ रहेका पर्यटकको धर्म सोधेर गोली प्रहार गरेका थिए । नाम र धर्म नबताउनेको पाइन्टसमेत खोलेर चेक गरिएको आक्रमणका घाइतेहरुले बताएका छन् ।

साथमा रहेका आमा, बहिनी र ज्वाइँ सकुसल छन् । सुदीपको शव बुधबार नेपाल ल्याउने तयारी गरिएको उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख