+
Search

ताजा अपडेट +

पपुलर +

२४औँ दिन पनि जारी छ शिक्षक आन्दोलन

आन्दोलनरत शिक्षकहरू
अभिलेख
२०८२ बैशाख १२, शुक्रबार ०७:४० बजे

शिक्षा ऐनको माग गर्दै काठमाडौं  केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूको आन्दोलन आज (शुक्रबार) २४ औं दिन पनि जारी छ।

शिक्षकहरू विद्यालय शिक्षा ऐन लागू हुनुपर्नेलगायत माग राख्दै चैत २० गतेदेखि आन्दोलनरत छन्। शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन राज्यको शिक्षाप्रतिको संवेदनहीनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा चरित्रसँग रहेको भन्दै शिक्षा ऐन जारी नभएसम्म नछोड्ने बताएका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘हाम्रो लडाइँ राज्यको शिक्षाप्रतिको संवेदनहिनता, शिक्षक–कर्मचारी तथा विद्यार्थीप्रति हेपाहा चरित्रसँग छ। अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्न नखोज्ने प्रवृत्ति र षडयन्त्रविरुद्ध छ। त्यसैले हाम्रा अभिव्यक्ति र व्यवहार त्यही अनुकूल हुनुपर्छ।’

बिहीबार सर्वोच्च अदालतले शिक्षकहरूलाई तीन दिन भित्र विद्यालय फर्कने वातावरण मिलाउन अन्तरिम आदेश जारी गरेको थियो।

अदालतले शिक्षकहरूलाई  तीन दिनभित्र पठनपाठनमा फर्किन र देशभरका बालबालिकालाई नियमित रूपमा विद्यालयमा पठनपाठन गर्न पाउने हकबाट बञ्जित नगर्न नगराउन आदेश गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

अभिलेख