अनलाइन प्रवृत्तिबाट सुरु भएको जेन जी आन्दोलन फिलिपिन्सबाट इन्डोनेसिया र त्यसपछि नेपालसम्म फैलियो।
राजनीतिज्ञका ‘नेपो किड्स’को विलासी जीवनशैली उजागर गर्दै, करदाताहरूले दैनिक आवश्यकताहरू पूरा गर्न सङ्घर्ष गरिरहँदा आफ्ना विलासिता र विदेशी यात्राहरूको प्रदर्शन गरिरहेका थिए।
यो प्रवृत्ति नेपालमा पनि फैलियो र सामाजिक सञ्जालमा सबैभन्दा सक्रिय पुस्ताले यो स्वीकार गर्न सकेन। हामीले भन्यौँ, “बस्! हामी मात्र कुञ्जीपाटी योद्धा बनेर बस्दैनौँ, हामी सरकारलाई जनताको शक्ति देखाउन सडकमा उत्रनेछौँ, वास्तवमा सरकार जनताका सेवक हुन् शासक होइनन्।”
वर्षौंदेखि नेपालका जनताले उचित शिक्षा, सडक, अस्पताल र आधारभूत पूर्वाधारको अभाव र पीडा भोगेका छन्, जब कि राजनीतिज्ञका छोराछोरीहरूले सामाजिक सञ्जालमा आफ्ना असाधारण जीवनशैली प्रदर्शन गर्छन् मानौँ उनीहरूलाई राष्ट्रले के भोगिरहेको छ भन्ने थाहा नै छैन। भ्रष्ट होस् वा नहोस्, हामी खाँचोमा परेकाहरूका लागि उनीहरू कहिल्यै बोल्दैनन् ।
मिस नेपालहरूलाई पनि प्रश्न उठाइयो, जसले कुनै समय नसुनेकाहरूका आवाज बन्ने वाचा गरेका थिए, तर राष्ट्रलाई उनीहरूको सबैभन्दा आवश्यकता पर्दा मौन बसे किनभने उनीहरू आफै यस प्रवृत्तिले उजागर गरेका राजनीतिज्ञ र व्यापारीहरूका परिवारबाट आएका थिए।
अन्ततः हामीले आफ्नो भ्रष्टाचार विरुद्धको लडई ८ सेप्टेम्बरमा सडकमा लैजाने निर्णय गर्यौँ। देशभरका जेनजीहरूले जहाँबाट सकिन्छ त्यहीँबाट भ्रष्टाचारविरुद्ध आवाज उठाउन देखा पर्ने अठोट गरे। हामीलाई थाहा थियो कि कुनै सेलिब्रिटी वा मुकुटधारीहरूले हाम्रो पक्षमा बोल्दैनन्, त्यसैले हामीले आफ्नै आवाज बन्ने निर्णय गर्यौँ।
८ सेप्टेम्बरमा, हामी आफ्ना युनिफर्म, झोला, किताब र परिचय पत्रसहित सडकमा उत्र्यौँ। यो शान्तिपूर्ण प्रदर्शन थियो संसदमा पुग्न पर्याप्त ठूलो आवाजसहितको। त्यहाँ बिरुवा, रुख वा सार्वजनिक र निजी सम्पत्तिको कुनै विनाश थिएन। हामी राति सामाजिक सञ्जालमा भएको छलफल र जिल्ला प्रशासन कार्यालयबाट दिइएको अनुमति अनुसार बिहान ११ बजे माइतीघर मण्डलामा भेला भयौँ। तथापि केही भ्रम अझै थियो।
माइतीघर मण्डलामा हाम्रो शान्तिपूर्ण प्रदर्शन राष्ट्रिय गीत र भ्रष्टाचार विरुद्धका नाराहरूसँगै सुरु भयो। हामी हाम्रो आवाज उच्च गरिरहेका थियौँ । हामीले समूहहरूलाई बानेश्वर र संसदतर्फ मोडिरहेका थियौँ। जब अचानक एक विद्यार्थीलाई गोली लागेको समाचार आयो। एक स्वास्थ्य सेवा प्रदायकले हामीलाई जानकारी दिन आइन्, उनका हातहरू रगतले भरिएका थिए।
उता विद्यार्थीलाई गोली लागिसक्दा पनि हामी नेपाल प्रहरीको टोलीले हामीलाई शान्त रहन र संसदतर्फ नजान निर्देशन दियो, किनकि गोली चलाउने आवाज अझै पनि सुनिन्थ्यो भाँचिएका र जलाइएका एम्बुलेन्स र रगतले रंगिएका सडकहरूको आवाजसँगै।
अचानक शान्तिपूर्ण प्रदर्शन हिंस्रक बन्यो। एक पछि अर्को गोली चल्यो र प्रत्येक गोलीसँगै अर्को मृत्यु भयो। हामीलाई भनिएको थियो कि केवल रबरको गोलीका लागि अनुमति दिइएको थियो, तर हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई सिसाकै गोलीले हानिएको रहेछ।
तिनीहरूको टाउको र छातीमा हाम्रै आँखाअगाडि गोली लाग्यो । युनिफर्ममा विद्यार्थीहरू मारिए र प्रहरीले त्यो दिन आफ्नो क्रुरता प्रकट गरिरहे।
म घर भागेँ आन्दोलनबाट किनभने मैले देखेको कुरा म तयार नभएको कुरा थियो। त्यो रात, म रातभर जागेँ, र हामीले अन्तर्राष्ट्रिय मिडिया र मानवअधिकार संगठनहरूसँग सम्पर्क गर्यौँ । उनीहरूलाई इमेल गर्यौँ । उनीहरूलाई आवाज उठाउन आग्रह गर्यौँ किनकि हाम्रा युवा कोपिलाहरू फुल्न नपाउँदै मारिएका थिए। यो अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन थियो।
हामीले अन्तर्राष्ट्रिय मिडियालाई उनीहरूका शीर्षकहरू सुधार गर्न पनि आग्रह गर्यौं, किनकि उनीहरूले हाम्रो प्रदर्शन सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध भएको रिपोर्ट गरिरहेका थिए, जब कि वास्तवमा यो भ्रष्टाचारविरुद्ध आन्दोलन थियो। संयुक्त राष्ट्रले सूचना पठाएपछि पनि, हाम्रो सरकार मौन रह्यो र प्रधानमन्त्रीले अझै राजीनामा दिएका थिएनन्।
हामीले अर्को दिन चुप लाग्ने निर्णय गरेनौँ, किनभने हामी मृतकहरूको जीवन व्यर्थ हुन दिन चाहँदैनथ्यौँ। हामी नजितुञ्जेल लड्नेछौँ।
भोलिपल्ट, मानिसहरू फेरि माइतीघर मण्डलमा भेला हुन थाले । देशभरका युवाहरू आ–आफ्नै तरिकाले प्रदर्शन गरिरहेका थिए। तथापि चाँडै हामीले युवाहरूले संसदमा कब्जा गरेको र त्यसका साथै प्रधानमन्त्री ओलीले राजीनामा दिएको समाचार पायौँ। हामीले बालेन शाहको सन्देश पनि देख्यौँ जसमा भनिएको थियो, “हामीले जित्यौँ, अब देश हाम्रो हो, फर्केर आऊ।”
तर होइन। आन्दोलन सोचेजस्तो भएन । एक पछि अर्को, मन्त्रीहरूका घरहरूदेखि सार्वजनिक र निजी सम्पत्तिहरूमा, भटभटेनीदेखि कान्तिपुरसम्म, प्रहरी चौकीदेखि शृङ्खला खतिवडाको घरसम्म आगो लाग्यो। हृदयविदारक रूपमा, हाम्रो राष्ट्रका सम्पत्ति सिंहदरबार, अन्य सरकारी कार्यालय र संसद् पनि क्षतिग्रस्त भए । ती हाम्रै सम्पत्तिहरू थिए। यो जेनजी हुन सक्दैन, किनभने हाम्रो एजेन्डा राष्ट्रिय सम्पत्ति नष्ट गर्ने, सडकमा मानिसहरू मार्ने र प्रहरीको लुगा फुकाल्ने वा तोडफोडमा संलग्न हुने कहिल्यै थिएन।
उता बल्खुमा कैदी जीवन बिताइरहेका रवि लामिछानेसँगै सयौँ कैदीहरू कारागारबाट भागेको समाचार आयो त्यो पनि जेनजीको नाम प्रयोग गरेर। आन्दोलन राजनीतिक पार्टीहरूले अपहरण गरेको हामीले महसुस गर्दासम्म धेरै ढिलो भइसकेको थियो, जुन कुराका लागि हामी पूर्ण रूपमा तयार भएका रहेनछौँ।
उता पाँच तारे होटलदेखि स्कुलहरू, प्रहरी चौकी र सरकारी सम्पत्तिहरूमा आगो लाग्यो, काठमाडौँमा मात्र नभएर देशभर । निर्दोष मानिसहरूको मृत्युको शोक अझै ताजै थियो, त्यसैमाथि राष्ट्र जलेको देखेर पीडा निकै पीडा भयो। त्यो आन्दोलन थिएन जुन जेनजीले सुरु गरेका थिए। यो हामीले चाहेको कुरा थिएन। हामीले जित्यौं तर कस्तो मूल्यमा? हामीले धेरै गुमायौँ।
त्यस रात हरेक नेपाली नागरिकजस्तै, म जागेर बसेँ। राष्ट्र जलेर खरानी जलेर खरानी भइरहँदा कसरी सुत्न सक्छौँ? नेपाल नेतृत्वविहीन थियो । अन्तर्राष्ट्रिय मिडियाले पहिले नै हामीलाई असहाय र शक्तिहीन भनेर चित्रण गर्न सुरु गरेको थियो, जुन हामी थिएनौँ। मानिसहरूले नेता खोज्न थाले। मजस्ता धेरै युवाहरूका लागि बालेन शाह आशाको प्रतीक बने। तर सुशीला कार्कीसँग उनको सम्झौता, डिस्कर्डमार्फत् हाम्रो छलफलसँगै, हामीलाई शङ्का र दुविधामा छोड्यो। के हामी राष्ट्रलाई गलत हातमा दिइरहेका थियौं? संविधान के हो? संसद विघटन? नेपालले नेता नपाएसम्म सेनाले कब्जा गर्ने? मनमा निकै प्रश्नहरू नाचिरहे ।
एक पटक पनि समाचार च्यानल नहेरेका युवाहरूले पनि अब सेनाध्यक्षका अपडेटहरू ट्र्याक गरिरहेका थिए। नेतृत्वविहीन देशका दिनहरूपछि, नेपालले अन्ततः अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई चुन्यो। जब राष्ट्र अन्धकारमा थियो, उनी सुन्दर सूर्योदयजस्तै देखा परिन्, मेरो राष्ट्र फेरि उठ्नेछ भन्ने आशा ल्याउँदै। हामी अझै विश्वास गर्छौँ कि हाम्रो देश फेरि उठ्नेछ। मेरो राष्ट्र कहिल्यै साँच्चै ढलेको छैन। दुईपटक, तीनपटक, अझ धेरैपटक हामी सधैँ पहिलेभन्दा बलियो भएर उठेका छौँ। हामी नेपाललाई पहिलेभन्दा बलियो, भ्रष्टाचारमुक्त बनाउनेछौँ र हामी सहिदहरूको वलिदान व्यर्थ जान दिनेछैनौँ।
प्रतिक्रिया